दफा १७
सेना सम्बन्धी हातहतियारको प्रतिवेदन पेश नगरेमा जफत हुने
कसैले सरकारीवोरको (सेना सम्बन्धी) राइफल, पिस्तौल, रिभाल्भर र त्यस्तै अरू हातहतियार इजाजतपत्र लिई झिकाएको भए त्यसको प्रमाण र कम्पनीको बिल समेत तोकिएको अवधि भित्र तोकिएको अधिकारी छेउ पेश गर्नु पर्छ । मुनासिब कारण बाहेक तोकिएको अवधि भित्र सो हातहतियार पेश नगरेमा नेपाल सरकारले विना मुआब्जा त्यस्तो हातहतियार जफत गर्न सक्नेछ ।